+
+

अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते ११:१७

२८ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको दाबी गरेका छन्। यसमा सरकार र राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले चुनौतीका कारण पहिल्याएर अघि बढ्नुपर्ने बताए ।

‘अर्थतन्त्र चुनौती आन्तरिक कारणले मात्रै आउँदैन,’ नेपाल आर्थिक पत्रकार संघको वाषिर्क साधारणसभा उद्द्दाटन गर्दै अर्थमन्त्री शर्माले भने,’आज राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता छ, सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक छ । ‘

आयात प्रतिस्थापन हुन नसक्दा भएका स्रोत साधन परिचालन हुन नसकेको उनले बताए ।

‘नीति निर्माण र त्यसको कार्यान्वयन क्षमता पनि आजको आवश्कता हो,’ अर्थमन्त्री शर्माले भने,’गुणात्मक विकास र पारदर्शिता आजको आवश्यकता हो ।’

विगतको नीतिलाई निरन्तरता दिँदै निर्यात गर्ने सक्ने प्रतिस्पर्धात्मक वस्तुलाई नीतिगत रूपमा सुधार गर्दै जाने र प्रोत्साहन भइरहेको छ ।

‘इन्धन आयत गर्ने मुलुकबाट हाइड्रोजन र एमोनियामार्फत निर्यात गर्न सक्ने अवस्थामा पुग्न सक्छ,’ उनले भने,’यी सम्भावनाबाट जनतालाई उत्साहित बनाउनुपर्ने आवश्यकता बोध भएको छ ।’

निजी क्षेत्रलाई आफ्नै अंगको रूपमा बुझ्ने काम भएको र र पटक-पटक छलफल भइरहेको समस्या समाधानको प्रयास भइरहेको पनि अर्थमन्त्री शर्माले बताए ।

सरकारले निजी क्षेत्र एउटै रथका दुई पांग्रा भएकोले सरकाले निजि क्षेत्रले बुझेन भनुपर्ने आवश्यकता नै नरहेको उनले बताए । ‘हामी खुला छौं, सुधार गर्नुपर्ने कुरामा तयार छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?