+
+

असिम सांसद बनेपछि ‘डामाडोल’को निर्देशनको जिम्मेवारी आसिफको काँधमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते ११:३०
असिम शाह (बायाँ) र आसिफ शाह

काठमाडौं । निर्देशक प्रतिनिधिसभा सदस्य बन्ने भएपछि फिल्म ‘डामाडोल’लाई आसिफ शाहले निर्देशन गर्ने भएका छन् । यसअघि यो फिल्म आसिफका भाइ असिमले निर्देशन गर्ने तयारी थियो । तर असिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभामा समानुपातिक सांसद चुनिएका छन् ।

आफूले निर्देशन नगर्नेबारे असिमले अनलाइनखबरसँग भने, ‘अवश्य पनि मैले निर्देशन नगर्ने भएपछि गर्ने आसिफले नै हो । किनभने म संसदीय काममा व्यस्त हुने भएपछि व्यवहारिक रुपमा गर्न नमिल्ने देखियो ।’

अहिले पटकथा लेखनको कार्य भइरहेको यो फिल्म डार्क थ्रिलर जनरामा निर्माण हुँदैछ । फिल्मको मुख्य भूमिकामा विपिन कार्की फाइनल भइसकेका छन् ।

असिमले ‘चेन ब्रेक’ शैली अर्थात् सांसद भए पनि फिल्म निर्देशनलाई अघि बढाउने सम्भावना पनि रहेको बताए । ‘हामीले यो विकल्पमा पनि सोचविचार गरिरहेका छौं । तर आसिफले नै निर्देशन गर्ने सम्भावना बलियो छ,’ उनले भने ।

तर आसिफले भने अहिलेसम्म निर्देशकको रुपमा असिम नै रहेको बताए । ‘अहिलेसम्म निर्देशक असिम नै हो । मैले गर्ने भन्नेबारे निधो छैन । परिआए गर्नुपर्ने पनि हुनसक्छ,’ उनले भने ।

आसिफले यसअघि फिल्म ‘कर्कश’ निर्देशन गरिसकेका छन् भने असिमले फिल्म ‘दुई रुपैयाँ’ निर्देशन गरेका छन् । दुई रुपैयाँले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?