+
+

निजी क्षेत्रले उठाएका विषय गलत ढंगले व्याख्या नहोस् : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १२:५९
फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले उठाएका विषयलाई गलत ढंगले व्याख्या नगर्न सुझाव दिएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघको वार्षिक साधारणसभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । पछिल्लो समय निजी क्षेत्रले ब्याजदरमा हस्तक्षेप, चालु पूँजीकर्जा सम्बन्धी प्रावधानसहितमा असन्तुष्टी राख्दै आन्दोलित छन् । नेपाल राष्ट्र बैंकले भने विगतका विकृति निरन्तरताको माग नगर्न निजी क्षेत्रलाई सचेत गराइरहेको छ ।

ढकालले सरकारी निकायहरू बीच समन्वय हुन नसकेको बताए । यसले पर्याप्त अवसर हुँदा पनि स–सानो विषयमा विकास अड्किएको उनले बताए । उनले ७० प्रतिशत कर संकलनको माध्यम निजी क्षेत्र भएको समेत बताए । आगामी पुसमा राजश्व संकलन झनै निराशाजनक हुने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले पुसपछि धेरै पत्रपत्रिकामा धितो लिलामको सूचना आउने बताए । नेपालको निजी क्षेत्रको संरक्षण गर्ने बाटो निकाल्ने विश्वास रहेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?