+
+

‘खटपट’को चर्चाबीच सञ्जोगको वर्षालाई जन्मदिन शुभकामना : कठिन क्षणमा तिमीसँगै उभिन सकुँ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १४:५२

काठमाडौं । केहीअघिसम्म कलाकार जोडी वर्षा राउत र सञ्जोग कोइरालाको दाम्पत्य जीवनमा आएको खटपटले निकै चर्चा पायो । उनीहरुबीच ‘डिभोर्स’को हल्ला पनि व्यापक बन्यो ।

वर्षा स्वयंले आफूहरुबीच खटपट भएको कुरालाई स्वीकार्दै परिस्थिति सम्बन्धविच्छेदको तहसम्म पुगेको बताएकी थिइन् । तर यो जोडी हिजोआज एकसाथ सार्वजनिक ठाउँमा भेटिन थालेको छ ।

सम्बन्धमा आएको दरारको हल्लालाई खण्डन गर्न उनीहरुले सार्वजनिक कार्यक्रममा पनि जवाफ दिन थालेका छन् । सलोन बस्नेतको विवाहको रिसेप्सनमा पनि उनीहरुले यस्तै प्रश्नको सामना गर्नुपर्‍यो ।

बुधबार २९ औं जन्मदिन मनाइरहेकी वर्षालाई बर्थडे शुभकामना दिंदै सञ्जोगले वर्षाप्रति मायाका शब्दहरु खर्चिएका छन् । उनी लेख्छन्, ‘तिम्रो जन्मदिनमा, मसँग भन्ने शब्द कम छन् र तिमीसँगै यो क्षण सेलिब्रेसन गर्न चाहन्छु । माया र भाग्य तिम्रो बाटोमा आउन् र तिम्रो अनुहारमा मुस्कान कहिल्यै नछुटोस् । हरेक कठिन परिस्थितिमा म तिम्रो छेउमा उभिन सकुँ । तिमीलाई खुसी र समृद्धिको कामना गर्दै र संसारका सबै अद्भूत अनुभव तिम्रो बाटोमा आउन सकोस् । वर्षा राउतलाई जन्मदिनको धेरैधेरै शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?