+
+

घटेको स्प्रेडदर चैतदेखि कार्यान्वयनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १७:१७

२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको नयाँ स्प्रेड दर (निक्षेप र ऋणमा दिने ब्याजको अन्तर) आगामी चैतदेखि कार्यान्वयनमा आउने भएको छ ।

मौद्रिक नीति २०७९/८० को पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएका नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गरेको छ । जसमा तोकिएको नयाँ स्प्रेडदर लागु गर्ने मिति नै तय गरिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत २०७९ बाट औसत ब्याजदर अन्तर ‘क’ वर्गका वाणिज्य बैंकहरुको हकमा ४.२ प्रतिशत र ‘ख’ र ‘ग’वर्गका संस्थाको हकमा ४.८ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गर्नु पर्छ । सो अन्तर २०८० असार महिनाबाट ‘क’ वर्गका वाणिज्य बैंकको हकमा ४ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४.६ प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

अहिले ‘क’ वर्गमा वाणिज्य बैंकहरुको हकमा ४.४ प्रतिशत र ‘ख’ र ‘ग’वर्गका संस्थाको हकमा ५.0 प्रतिशत स्प्रेडदर रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?