+
+

मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले घटायो स्प्रेडदर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते २०:२६

११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेप बीचको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको छ ।

४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरुको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको छ । यस्तै ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर अब ४.६ प्रतिशतमा झारिएको राष्ट्र बैंकको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको उनले बताए । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने पनि समीक्षामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?