+
+

नेतामाझ ‘भ्वाइस’को क्रेज : हर्क सविनाको पक्षमा खुल्दा योगेशले मागे पदमलाई भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १८:२२

काठमाडौं । नेतामाझ पनि रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को क्रेज देखिएको छ । उनीहरुले आफ्नो क्षेत्रका प्रतियोगीको लागि सामाजिक सञ्जालमार्फत भोट मागिरहेका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भ्वाइसकी प्रतियोगी सविना योङहाङलाई जिताउन आग्रह गर्दै भोट मागेका थिए । यसपटक महिलालाई भ्वाइसको विजेता बनाउनुपर्ने भन्दै उनले फेसबुकमार्फत आग्रह गरेका थिए । एमाले सचिव योगेश भट्टराईले पनि गृहजिल्ला ताप्लेजुङका प्रतियोगी पदम राईलाई जिताउन आग्रह गर्दै भोट मागेका छन् ।

उनी लेख्छन्, ‘द भ्वाइस अफ नेपाल सिजन ४ मा प्रस्तुति दिने सम्पूर्ण कलाकार एकसे एक छन् । ताप्लेजुङको माटोसँग नाता जोडिएका पदम राई सम्भावना बोकेका उत्कृष्ट कलाकार हुन । म पदमलाई सफलताको शुभकामनासहित उनलाई थप उचाइमा पुर्‍याउन सबैमा सहयोगका लागि अनुरोध गर्दछु ।’

यसअघि अर्को रियालिटी शो कमेडी च्याम्पियनमा पनि योगेशले ताप्लेजुङका प्रतियोगी भरतमणि पौडेलका लागि भोट मागेका थिए । त्यतिबेला डा. बाबुराम भट्टराई, पद्मा अर्याल लगायतका नेताले पनि गृहजिल्लाका प्रतियोगीलाई भोट मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?