+
+

कर्मचारी आन्दोलनका कारण रियाद, दिल्ली र बैङ्लोर जानु पर्ने निगमका यात्रु रोकिए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १५:०८
फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगममा ‘क्याबिन क्रु’को आन्दोलनका कारण बिहीबार निर्धारित तीन वटा उडानका यात्रु रोकिएका छन् ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार बिहीबार साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरु प्रभावित बनेका छन् । यसबाट सयौं यात्रुको उडान प्रभावित बनेको छ ।

क्याबिन क्रु आन्दोलनमा रहेका कारण कम क्याबिन क्रु बोकेर विदेश उडेका जहाजहरु समेत ढिला गरी उड्नु पर्ने भएको छ । जसले गर्दा मलेसिया र दुबईबाट फर्कनु पर्ने जहाजहरुको आगमन समेत प्रभावित बनेको छ ।

लामो उडानमा सामान्यतया नयाँ सेट क्याबिन क्रु राखेर पठाउने गरिन्छ । तर, बुधबार भने दिल्ली र बैङ्लोर उडेका क्याबिन क्रुलाई नै मलेसिया र दुबई पठाइएको थियो । यस क्रममा उनीहरुको ड्यूटीआवर १० घण्टा पुरा भएको थियो ।

यसकारण नियम अनुसार ‘क्रु’लाई रेस्ट दिनु परेका कारण जहाज डिले हुन पुगेका हुन् । निगममा क्याबिन क्रुको आन्दोलनले नियमित उडान प्रभावित बनेको छ । यसले राष्ट्रिय ध्वजाबाहकको छवि नै बिगारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?