+
+

पोखरामा विवेक ओबराय : जिपलाइनको मज्जा लिए, छोराको जन्मदिनको केक काटे (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १८:२२

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय शुक्रबार तालनगरी पोखरा पुगे, जहाँ उनले पर्यटकीय थलो घुमघामको आनन्द लिए । सपरिवार घुम्न निस्किएका उनले जिपलाइन र स्काइक्रिमरको मज्जा पनि लिए ।

जिपलाइन चढेपछि उनले सञ्चारकर्मीसँग अनुभव पनि सुनाए । पोखरा घुमघामको पहिलो दिन रमाइलो भएको उनले बताए । नेपाल आउने बित्तिकै पोखरा जाने इच्छा देखाएका ओबराय त्यहाँ पुग्दा निकै प्रफुल्लित देखिन्थे ।

पोखरामा उनले छोरा अर्जुनको जन्मदिनको केक काटे । पोखरा हुँदै ओबराय परिवार अन्नपूर्ण फेरोमा पर्ने प्रसिद्ध पुनहिलमा पदयात्राको लागि जाने कार्यक्रम छ । पोखरा फर्किएर भैरहवा हुँदै उनी लुम्बिनी दर्शनको लागि जानेछन् ।

काठमाडौं ओर्लनेबित्तिकै पशुपतिनाथको दर्शन गरेका विवेक लन्चसहित घुम्न चन्द्रागिरि डाँडा उक्लेका थिए । सोही दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर समेत भेटे ।

व्यवसायी पुनम यादवको पहलमा नेपाल आइपुगेका उनले आफ्नो नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भइरहेको बताएका छन् ।

तस्वीर सौजन्य : आशिष पुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?