+
+

योगेश मगर र करण राई ‘भ्वाइस अफ नेपाल’को फाइनलमा, आशिष महर र रिहान गिरी बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते २२:२४
योगेश मगर (दायाँ) र करण राई ।

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् ।

आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् । शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको समूहबाट सविना लिम्बू र प्रविशा अधिकारीको समूहबाट शाइल लिम्बू फाइनलमा प्रवेश गरिसकेका छन् ।

शनिबार भ्वाइसका पूर्वविजेता किरण गजमेरले पनि सांगीतिक प्रस्तुति दिएका थिए । भ्वाइसको चौथो सिजन हिमालय टीभीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?