 
																			३ पुस, काठमाडौं । नेकपा एमाले का सचिव गोकर्ण विष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताएका छन् ।
आइतबार बुटवलमा पत्रकारहरुसँगको कुराकानीमा सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएकाले जनमत विपरीत सरकार निर्माणको अवाञ्छित काममा नलाग्ने बताएका हुन् ।
‘हामी सरकार निर्माणको लागि अवाञ्छित गतिविधि गर्ने गैरसंसदीय, गैर लोकतान्त्रिक, अवाञ्छित, अशोभनीय काम गरेर सरकार निर्माण गर्ने प्रयत्नमा अल्झिदैनौं’ उनले भने ।
सचिव विष्टले एमालेलाई कमजोर बनाउन गत निर्वाचनमा वामपन्थीहरुले दक्षिणपन्थी शक्तिसँग गठबन्धन गरेका बताए । उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चामा वैचारिक विचलन देखिएको दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4