+
+

उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ६:४७

५ पुस, काठमाडौं । आज पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको छ । जसका कारण तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ ।

आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू-भागका एक/दुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ ।

बुधबार पनि मौसममा समान्य बदली हुने सम्भावना छ । प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहीबार भने मौसम आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना न्यून रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?