+
+

प्रदीप पौडेल पनि गगनको पक्षमा खुले

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १४:३६

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् ।

उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् ।

कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।

प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएका थिए । तर उनी मौन रहँदै थिए ।

संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने उनी शेखर कोइराला र गगन थापाको पक्षमा खुलेका हुन् ।

थापालाई संसदीय दलको नेतामा कोइरालाले प्रस्ताव गरेका छन् । कांग्रेस उपसभापति धनराथ गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा थापाको समर्थक बसेका छन् ।

पौडेले पनि खुलेपछि उनलाई पनि समर्थक बनाएर थापाले संसदीय दलको नेतामा मनोनयन दर्ता गराउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?