+
+

वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १७:३२

५ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका श्रमिकहरु पनि अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् । सरकारले आगामी वैशाखदेखि स्वेच्छिक रुपमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषमा आबद्ध गर्न सकिने गरी कार्यविधि जारी गरेको छ ।

कोषका प्रवक्ता विवेक पन्थीका अनुसार तोकिएको योगदान रकम श्रमिकले कोषमा जम्मा गरेपछि वैदेशिक रोजगारीमा रहेकाहरुले कार्यविधि बमोजिम तीन किसिमका सुविधा कोषबाट पाउनेछन् ।

कोषले वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषमा आबद्ध भएपछि दुर्घटना बीमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धाअवस्थामा पेन्सन दिने सुविधा दिने गरी कार्यविधि बनाएको प्रबक्ता पन्थीले बताए ।

यसअनुसार वैदेशिक रोजगारीमा रहेकाहरुले तोकिए बमोजिमको योगदान रकम नियमित रुपमा कोषमा अनलाइनबाट जम्मा गर्न सक्नेछन् । त्यसका आधारमा कोषले तोकिएका सुविधाहरु दिनेछ ।

विदेश जाँदा नै श्रम स्वीकति लिंदा नै श्रमिकले आवश्यक कागजात बुझाएर कोषमा आबद्ध हुने अवसर पाउनेछन् । अनलाइनमार्फत नै कोषमा आबद्ध हुन सकिने व्यवस्था गरिएको छ । आबद्धतापछि सरकारले तोकेको मासिक न्यूनतम १५ हजारको २१.३३ प्रतिशत न्यूनतम योगदान रकम नियमित रुपमा कोषमा जम्मा गर्नुपर्नेछ ।

कार्यविधिअनुसार योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम खर्च हुनेछ ।

कोषले देशभित्रै कार्यरत निर्माणलगायतका अनौपचारिक क्षेत्रका श्रमिकले पनि स्वेच्छिक रुपमा कोषमा आबद्ध भएर योगदान गर्न पाउनेछन् । सरकारले तोकेको न्यूनतम आधारभूत मासिक पारिश्रमिकको २०.३७ प्रतिशत बराबर रकम योगदान गर्ने अनौपचारिक क्षेत्रमा श्रमिकले दुर्घटना बीमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना (पेन्सन)सहित औषधि उपचारको सुविधा पनि पाउनेछन् ।

यस्तो छ वैदेशिक रोजगारीमा रहेकाहरुका लागि कोषमा आबद्ध हुने कानुनी व्यवस्थाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?