+
+

फिल्म ‘नम्बरी सुन’मा जोडिए गौरव पहारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १८:३८

काठमाडौं । फिल्म ‘नम्बरी सुन’को प्रमुख भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । उनले यो फिल्ममा नम्रता सापकोटाको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछन् ।

निर्माता र गौरवबीच मंगलबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । राजु गिरीको निर्देशन रहने यो फिल्म गौरवका लागि कमब्याक फिल्म समेत हुनेछ ।

उनको पछिल्लो फिल्म ‘लाइफ इन एलए’ दुईवर्षअघि रिलिज भएको थियो । माघ २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा कुनैबेला चलेका द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी पनि देखिनेछन् ।

फिल्ममा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृती वलीको पनि अभिनय हुनेछ । सात दशकअघिको ऐतिहासिक सामाजिक कथामा फिल्म बन्न लागेको हो ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता र निर्माता नारायण खाती हुनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा छायांकन हुनेछ । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?