+
+
२२ औं आहा ! रारा पोखरा गोल्डकप :

१० टिमको टुंगो, विजेताले १२ लाख पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १९:५४

५ पुस, पोखरा । मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २२ औं संस्करणमा खेल्ने १० टिमको टुंगो लागेको छ । प्रतियोगितामा ३ विभागीय, एउटा विदेशी क्लबसहित १० टिम सहभागी हुने आयोजक सहारा क्लबले जानकारी दिएको छ ।

प्रतियोगितामा एपीएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बीवाईएससी, मछिन्द्र, नेपाल पुलिस क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् ।

प्रतियोगिता पुस १४ गतेबाट २३ गतेसम्म पोखरा रंगशालास्थित फुटबल स्टेडियममा हुनेछ । सहारा क्लबले पहिले पुस १२ गतेबाट सुरु गर्ने समय तालिका सार्वजनिक गरे पनि १३ गते मैत्रीपूर्ण खेल भएका कारण २ दिनपछि सरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

१३ गते स्पेनको बी डिभिजनस्तरीय क्लब काथेरेन्यो र गण्डकी ११ बीच पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ ।

आयोजक सहाराले यसै संस्करणदेखि प्रतियोगिताको नामसमेत परिवर्तन गरेको छ । लामो समय आहारारा गोल्डकपका नामबाट भएको प्रतियोगितालाई यसै संस्करणदेखि ‘आहारारा पोखरा गोल्डकप’मा परिवर्तन गरेको हो । आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण ०५८ सालमा क्याराभान कपको नामबाट भएको थियो ।

आहाराराको २१ औं संस्करण विभागीय टोली एपीएफले जितेको थियो भने मनाङ मस्र्यांदी क्लब उपविजेता भएको थियो ।

पुरस्कार राशी बढ्यो

नाम परिवर्तनसँगै आयोजक सहारा क्लबले आहारारा पोखरा गोल्डकपले पुरस्कार राशी पनि बढाएको छ । क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार आहारारा पोखरा गोल्डकप विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

आयोजक सहाराले अघिल्ला संस्करणभन्दा प्रथम पुरस्कारमा २ लाख र दोस्रोमा एक लाख रुपैयाँ वृद्धि गरेको हो । बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने अध्यक्ष गुरुङले जानकारी दिए । एकेडेमीमा हाल तेस्रो ब्याचमा १३ जना बालक आश्रित छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?