+
+

सर्लाहीमा चिसोको कारण २ जनाको मृत्यु 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते ६:५३

६ पुस, वीरगञ्ज । सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका वडा नं ९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र वडा नं. ६ लक्ष्मीपुर बस्ने  ८० वर्षीय राम भगत माझीको मृत्यु भएको हो ।

पुस ३ गते बिहान ८ बजे  राजेन्द्रको चिसोको कारण मृत्यु भएको स्थानीयले मंगलबार मात्रै खबर गरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली पठाएर बुझ्दा राजेन्द्रलाई चिसोले रुखा खोकी लागि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

नमूना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्ज पठाइएको थियो । तर, रौतहटको चपुरमा आइपुग्दा पुस ४ गते बिहान २ बजे उनको मृत्यु भएको थियो ।

मृतकको शव घरमा ल्याई सामाजिक परम्परा अनुसार सदगत गरिसकेपछि प्रहरीलाई घटनाबारे जानकारी आएको थियो ।

त्यसैगरि मंसिर २२ गते बिहान ९ बजे राम भगत माझीको चिसोकै कारण मृत्यु भएको दाबी स्थानीयले गरेका छन् ।

मृत्यु भएकै दिन सामाजिक परम्परा अनुसार माझीको सदगत गरिएको थियो । स्थानीयले मंगलबार दिउँसो प्रहरीलाई घटनाको बारे जानकारी गराएका थिए ।

प्रहरी टोली पठाएर बुझ्दा उनको पनि चिसोले रुखा खोकी, श्वासप्रश्वासमा समस्या भई मृत्यु भएको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?