+
+

संसदीय दल निर्वाचनमा भोट हालेको फोटो खिचिएको भन्दै गगनको असन्तुष्टि

'नखिच्नुस् भन्दाभन्दै १०-११ जनाले फोटो खिच्नुभयो'

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १०:२२

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै गगन थापाले असन्तुष्टि जनाएका छन् ।

दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री थापा उम्मेदवार छन् । बुधबार बिहान मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताएका थिए । तर सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समिति तयार भएन ।

मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको तस्वीर खिचेको देखेको थापाले बताए । ‘नखिच्नुस् भन्दाभन्दै १०-११ जनाले खिच्नु भयो । कोकोले खिच्नु भयो मलाई सबै थाहा छ, मेरो आग्रह छ, खिचेका साथीहरुले आ-आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्दिनुस् ।’

मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो मतदान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?