+
+

यो शैक्षिक सत्रमा कम्प्युटर साइन्सको समूह परिवर्तन नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १५:०७

७ पुस, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दोस्रो समूहमा राखेको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णय अनुसार शैक्षिक सत्र २०७९-८० का लागि समूह परिवर्तन गरेको जनाएको छ । तर, कम्युटर साइन्सको समूह परिवर्तन गरेपनि अधिकांश विद्यालयले सूचना नपाएको भन्दै पुरानै अर्थात चौथो समूहमा नै राखेर अध्यापन गराउँदै आएको थियो ।

कतिपय विद्यालयले भने ढिला गरी थाहा पाउँदा तीन महिनापछि समूह परिवर्तन गरेका छन् । शैक्षिक सत्रको बीचमा समूह परिवर्तन गरिएको भन्दै विद्यार्थीले असन्तुष्टि जनाएका छन् ।

बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने सूचना जारी गर्दा समूह परिवर्तनको पनि सूचना जारी गरेको थियो । तर, केही विद्यालयहरूले सूचना अवगत नभएका कारण कम्प्युटर साइन्स विषयलाई चौथो समूहमा नै समूहीकृत गरी पठनपाठन गरेको र परिवर्तन गर्न समस्या भएको भनेकाले हालका लागि साविककै समूहमा राखी निरन्तरता दिन बोर्डले सूचना जारी गरेको छ ।

तर, आगामी शैक्षिक सत्रबाट भने अनिवार्य रुपमा कम्प्युटर साइन्स विषय दोस्रो समूहमा समूहीकृत हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?