+
+

पत्रकारिताको विश्वसनीयतामाथि ख्याल गरौं : राष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १६:०२

८ पुस, सुर्खेत । राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न आग्रह गरेकी छन् ।

शुक्रबार सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले पत्रकारले सूचना प्रवाह गर्दा सत्यतथ्य हो कि होइन, समाजलाई हित गर्छ कि गर्दैन, व्यक्तिको आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको छ, छैन भनेर विचार गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘पत्रकारिता आवाज विहीनको आवाज बनेको छ की छैन ? यसले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेका छ की छैन ? समाजमा कतै विकृति फैलाउँदै त छैन ?’

उनले सञ्चारमाध्यमको भूमिकाप्रति चनाखो हुनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको समेत बताइन् ।
‘प्रेस जगतले सूक्ष्म निगरानी राख्नुपर्छ, स्वच्छ तरिकाले राज्य र समाज बीचको दायित्वको काम गर्नुपर्छ,’ उनले भनिन्, ‘स्वच्छ पत्रकारिताको विकास र अभ्यासले मात्र राष्ट्र र समाजप्रतिको दायित्व पूरा हुने अपेक्षा लिएको छु ।’

राष्ट्रपति भण्डारीले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताइन् । ‘प्रविधिले ल्याएको परिर्वतनलाई नराम्रो भन्न मिल्दैन । प्रविधिको विकासले अवसर मात्र होइन चुनौती पनि थपेको छ,’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले सूचनाको हक र पे्रस स्वतन्त्रतालाई संविधानले नै प्रत्याभूत गरेकाले प्रेसलाई अंकुश लगाउने तथा संकुचित पार्ने काम गर्न नहुने विचार व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?