+
+

काठमाडौंमा चिसो बढ्यो, आजको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते ८:३५

१० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद हिरा भट्टराईले आज बिहान पौने ६ बजे गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको बताए । ‘यो भनेको यस वर्षको अहिलेसम्मको कम न्यूनतम तापक्रम हो,’ उनले भने । उनका अनुसार शनिबार भने न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौं उपत्यकामा आज बिहान अन्य दिनको तुलनामा बढी चिसो महुसस भएको थियो । मौसमविदका अनुसार काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ ।

अहिले नेपालमा नयाँ मौसमी प्रणाली भने छैन । यद्यपि हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज बदली हुने सम्भावना पनि रहेको मौसमविद भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?