+
+

बालेनको प्रश्न : देश के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १५:०४

१० पुस, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सरकार बनाउन भइरहेको रस्साकस्सीमाथि टिप्पणी गरेका छन् ।

ओली निवास बालकोटमा भएको दलहरुको बैठकको तस्वीर राखेर उनले लेखेका छन्, ‘हिजो एउटा कविता लेखेको थिए । आज लेख्दिन । देश के हो ? व्यापार हो ? खेल हो ?’

सरकार गठनबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरु बैठकमा बसेका थिए ।

हिजो मात्र बालेनले फेसबुकमा एउटा कवितांश लेखेका थिए । उनले नयाँ सांसदहरुमाथि व्यंग्य कस्दै लेखेका थिए,
‘नयाँ सांसदहरु
नयाँ गफाडीहरु !
उही पुरानो देश
उही पुराना व्यापारीहरु ।’

यो कविता आज पनि सान्दर्भिक भएको भन्दै उनले आज नेताहरुको फोटो राखेर ‘देश के हो ? व्यापार हो ? खेल हो ?’ भन्दै प्रश्न गरेका हुन् ।

राष्ट्रपतिले सरकार बनाउन दिएको समय आज सकिँदैछ । अन्तिम समयमा नेताहरु सरकार बनाउनका लागि दौडधुप गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?