
११ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
सरकार गठन तथा सरकारमा सहभागीमा हुने मन्त्रीहरुको नाम तय गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठकका बीचमा नै देउवाले फोन गरेर प्रचण्डलाई बधाई दिएका हुन् ।
कांग्रेसका अन्य नेताले पनि फोन गरेर प्रचण्डलाई बधाई दिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आज सोमबार सपथ लिँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4