+
+

नेपाली नयाँवर्षमा घुम्न आउँदै बलिउड अभिनेता सोनु सुद

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १४:३२

काठमाडौं । भारतीय अभिनेता सोनु सुदले नेपाली नयाँवर्ष २०८० को छेकोमा नेपाल भ्रमण गर्ने भएका छन् । उनको नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको व्यवसायी पुनम यादवले जानकारी दिइन् ।

यादवकै पहलमा नेपाल आएका बलिउड अभिनेता विवेक ओबराय १० दिन नेपाल घुमेर शनिबार स्वदेश फर्किसकेका छन् । ‘नेपाली नयाँवर्ष छेकोमा आउने निश्चित भएको छ । डेट कन्फर्म उहाँले नै गर्नुहुन्छ,’ यादवले अनलाइनखबरसँग भनिन् ।

‘हाम्रो उद्देश्य भारतीय सेलिब्रिटीलाई नेपालमा बोलाएर सकेसम्म नेपालको पर्यटन प्रवद्र्धन गर्ने हो,’ यादवले भनिन्, ‘नेपालमा पनि नयाँ सरकार बनेकाले सरकारसँग मिलेर काम गर्न सकिन्छ कि भन्ने हामीलाई लागेको छ ।’

बलिउड अभिनेता अमिताभ बच्चन, गायक अरजित सिंहजस्ता बलिउड स्टारलाई पनि नेपाल ल्याउनेतर्फ पनि आफूहरुले योजना बनाइरहेको उनले जानकारी दिइन् । ‘यो सुरुवात मात्र हो,’ उनले भनिन् ।

ओबरायसँग बिजेनसमा सहकार्य हुन सक्छ

फिल्म निर्माणको तयारी समेत गरिरहेकी यादवले आफ्नो निम्तोमा नेपाल आएका बलिउड अभिनेता ओबरायले नेपालमा होटल र कृषि क्षेत्रमा लगानी इच्छा देखाएको बताएकी छन् ।

‘ओबरायले रुचि देखाएका क्षेत्रमा हामीले पनि लगानी गर्न खोजिरहेका छौं । हामीले उहाँसँगको नेपाल भ्रमणमा कुरा गरेका छौं,’ उनले भने ।

शनिबार स्वदेश फर्कंदै ओबरायले नेपालमा आफूले स्टार्टअप, फेसन र युवा लक्षित क्षेत्रमा लगानी गर्न चाहिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?