+
+

जसपाले किन पठाएन मन्त्री ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १८:५०

११ पुस, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँगै ८ मन्त्री नियुक्त गर्दा जनता समाजवादी पार्टी (जसपा) बाट कसैलाई पनि समेटेनन् ।

प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीन उपप्रधानमन्त्री सहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । तीन उपप्रधानमन्त्रीमध्ये विष्णुप्रसाद पौडेल अर्थ, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछानेले गृह मन्त्रालय सम्हालेका छन् ।

अरु मन्त्रीको मन्त्रालय तोकिन बाँकी छ । तर सरकारलाई समर्थन गरेको जसपाबाट पहिलो चरणमा कोही पनि मन्त्री बनेका छैनन् । जसपाका नेता रामसहाय यादवले पार्टीभित्रै मन्त्री छनोट गर्न बाँकी रहेकाले पहिलो चरणमा नपठाएको बताए । ‘प्रधानमन्त्रीको शपथ कार्यक्रममै छौं, तर पार्टीभित्र छलफल हुन बाँकी भएकाले मन्त्री पठाएका छैनौं’, यादवले भने ।

जसपाले संसदीय दलको नेता नै चयन गर्न बाँकी छ । अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न सकेका छैनन् । राष्ट्रिय परिषद् अध्यक्ष अशोक राईले भने चुनाव जितेका छन् । तर जसपाले दलको नेताबारे निर्णय लिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?