+
+
Shares

संसद्‍मा बिचौलिया शब्दको प्रयोग बढेकोमा असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १३:१४
फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले संसद्‍मा बिचौलिया शब्दको प्रयोग बढी भएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठममा बोल्दै उनले संसद्‍मा संविधान र कानुन सम्मतका व्यवहार हुन आवश्यक रहेको बताइन् ।

संसद्‍मा संविधान विपरीत र कानुन विपरीत शब्दहरू प्रयोग हुने गरेको र त्यस्तो शब्द कानुन बनाउने ठाउँमा सुन्दा साह्रै नै दुःख लाग्ने गरेको उनको भनाइ छ ।

‘जतिखेर पनि यो बिचौलियाको कुरा, जतिखेर पनि यो सरकारको कुरा । सरकारमा बस्ने, सरकारकै विरोध गर्ने । सरकारसँगै परोक्षमा एउटा कुरा, व्यवहारमा अर्को कुरा । बिचारमा अर्को कुरा’ सांसदका व्यवहारप्रति सांसद झाले असन्तुष्टि जनाइन् ।

संसद्‍मा कानुनी मर्यादाको पालना हुनुपर्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?