+
+

उपप्रधानमन्त्री श्रेष्ठलाई प्रश्न : गृह नपाउँदा असन्तुष्ट हुनुभएको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते २०:३२

११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा आफूले दाबी नगरेको जिकिर गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पदभार ग्रहणमा अनलाइनखबरले राखेको जिज्ञासामा श्रेष्ठले गृहमा दावी गरेको भन्ने हल्ला सत्य नभएको बताए ।

उनले जनताले अपेक्षा गरेको कामको ‘डेलिभरी’ दिने कुरालाई प्राथमिकता दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको बताए । श्रेष्ठसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको संक्षिप्त कुराकानी :

गृह मन्त्रालयमा तपाईको दाबी थियो, नपाएपछि भौतिक पुर्वाधारमा आउनुभएको भन्ने चर्चा छ नि ?

गृहमा दाबी थियो तपाईले भनेको कि मैले भनेको ?

बाहिर त्यस्तो चर्चा थियो नि त ?

मैले भनेको होइन त्यो । पराराष्ट्र मन्त्रालयमा पहिले काम गरेको कारणले परराष्ट्र मन्त्रालालयको विज्ञतालाई राजनीतिक पार्टी र सम्बन्धित व्यक्तिले अपेक्षा गरेर परराष्ट्र मन्त्रालय आए हुन्थ्यो भनेको कुरा हो । त्यसको महत्व आफ्नो ठाउँमा छ ।

तर, जनतासँग जोडेर, जनताले अपेक्षा गरेको चिज डेलिभरी दिने कुरालाई प्राथमिकता दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको छु ।

यो मन्त्रालय विकास निमार्णसँग सम्बन्धित छ । निर्माण व्यवसायीले मन्त्रालयलाई प्रभावित पारेर आफैं कानुन बनाउँछन् भन्ने बुझाइ छ । यो प्रथामाथि तपाईको भूमिका कस्तो हुन्छ ?

विज्ञ टोलीसहित कर्मचारी र सबैको सुझाव लिएर वा आफैंले अध्ययन गरेर निष्कर्षमा पुग्छु । तर, भष्ट्राचार गर्नेहरुले वा पैसालाई मात्रै केन्द्रबिन्दुमा राख्नेहरुले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु, ऐन नियमलाई आफैं बनाउँछु भन्ने दिने गए भन्ने सोच्दा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?