+
+

खेलकुद मन्त्रालयको स्तर उठाएँ : गहतराज

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १२:५७

१२ पुस, काठमाडौं । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकासेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले मन्त्रालयको स्तर उठाएर बिदा भएको बताएका हुन् ।

लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेको, खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको, खेलाडीहरुको सम्मान र पुरस्कारका लागि नितिगत रुपमै आधार तयार गरेको लगायतलाई उनले आफ्नो कार्यकालको उपलब्धिको रुपमा ब्याख्या गरे । ‘मेरो १४ महिने कार्यकालमा मन्त्रालयको छवि सुधार्न हरसम्भव प्रयास गरेको छु,’ उनले भने, ‘दीर्घकालिन महत्व राख्ने धेरै योजनाहरु सुरु गरिएको छ ।’

खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी सरकारले त्यसलाई पूर्णता दिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

स्वरोजगारसँग जोडिएका सबै निकायलाई एकै ठाउँमा केन्द्रित गरी स्वरोजगार प्राधिकरण स्थापनाका लागि पहल गरेपनि त्यसले पूर्णता पाउन नसकेको उनले बताए । नेपालमा स्वरोजगार प्राधिकरण अपरिहार्य रहेको भन्दै उनले आगामी दिनमा उक्त अभियानलाई सरोकारवाला पक्षले अगाडि बढाउने विश्वास व्यक्त गरे ।

मन्त्रालयबाट बिदाई हुँदै गर्दा गहतराजले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिहरु समेटिएको हाते पुस्तक समेत सार्वजनिक गरेका थिए ।

विदाई कार्यक्रममा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल स्काउट र युवा तथा साना व्यवसायी कोषका पदाधिकारी सहित मन्त्रालयका कर्मचारीहरुको सहभागिता थियो । बिदाई कार्यक्रममा मन्त्रालयका सचिव गौतमले गहतराजलाई मायाको चिनो प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?