+
+

बलिउडमा डुब्यो यस वर्ष २ हजार ४० करोड, ‘बहिष्कार’ ट्रेण्डबीच शाहरुखमाथि ५५० करोड दाउमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १४:२०

काठमाडौं । समग्रमा सन् २०२२ बलिउडको लागि सुखद् रहेन । ३८ ठूला फिल्ममाथि गरिएको दुई हजार ४० करोड भारु लगानी डुब्यो ।

चाखलाग्दो कुरा के छ भने भारतको सबैभन्दा सानो फिल्म उद्योग कन्नडका मात्र पाँच फिल्मले दुई हजार ५६ करोड भारु कमाए । वर्ष २०२३ मा बलिउड कसरी लयमा फर्कन्छ, त्यो हेर्न बाँकी छ ।

नयाँ वर्षमा सबैको नजर शाहरुख खानमा हुनेछ, किनभने उनी चार वर्षपछि फर्किंदैछन् र तीन फिल्म प्रदर्शन हुनेछन् ।

२५ जनवरीमा रिलिज हुने ‘पठान’मा २५० करोड भारु लगानी छ । २ जुनमा रिलिज हुने ‘जवान’मा २०० करोड लगानी छ । २२ डिसेम्बरमा आउने ‘डङ्की’मा २५० करोड भारु दाउ लागेको छ ।

ट्रेड एक्सपर्ट तरण आदर्श भन्छन्, ‘सन् २०१८ मा रिलिज भएको शाहरुखको ‘जिरो’ले व्यापार गर्न सकेन । उनी ‘रकेट्री’ र ‘ब्रह्मास्त्र’जस्ता फिल्मका अतिथि कलाकार बने । पाँच साल बितेको छ र एकसाथ उनका तीन फिल्म आउँदैछन् ।’

यो समय शाहरुख केही विवादबाट घेरिएका छन् । छोरा आर्यन लागुऔषध प्रकरणमा मुछिएकोदेखि वैष्णोदवी मन्दिरमा पुग्दा होस् वा ‘पठान’को गीत बेसरम रङको विवादसम्म । पठानलाई लिएर बहिष्कार ट्रेण्ड चलिरहेको छ । उनीमाथि धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप छ ।

सन् २०२३ मा प्रभास सबैभन्दा रिस्की एक्टर सावित हुन सक्छन् किनभने उनका आगामी दुई फिल्ममा ८५० करोड भारुको लगानी छ । ‘आदिपुरुष’को बजेट ६५० करोड र ‘सालार’को बजेट २०० करोड छ ।

सन् २०२२ मा अक्षयकुमारका लगातार पाँच फिल्म रिलिज भए । सो वर्ष अक्षयका पृथ्वीराज, बच्चन पाण्डे, रक्षाबन्धन, रामसेतु, कठपुतली प्रदर्शन भए । ३०० करोड बजेटको पृथ्वीराजले जम्मा ९० करोड मात्र कमाउन सक्यो ।

सन् २०२३ मा अक्षयका गोरखा, ओ माइ गड २, सेल्फी, क्याप्सुल गिल, सोराराइ पत्रुको हिन्दी रिमेक प्रदर्शन हुँदैछन् ।

सन् २०२३ मा कुन-कुन फिल्म आउँदैछन् ?

नयाँवर्षमा रिलिज हुन लागेको सलमान खानको ‘किसीका भाइ किसीका जान’को बजेट ९० करोड भारु छ । यो फिल्म इद पर्वमा प्रदर्शन हुने जनाइएको छ । यही वर्ष उनको अर्को फिल्म ‘टाइगर ३’ आउँदैछ । सन् २०२३ मा समग्रमा सलमानमाथि ३१५ करोडको दाउ लागेको छ ।

शाहजादा र सत्यप्रेमकी कथाबाट कार्तिक आर्यनमाथि वर्ष २०२३ मा ८५ करोड लगानी भएको छ । रकी और रानीकी प्रेम कहानीबाट रणवीर सिंहमाथि ६० करोड लगानी भएको छ ।

तु झूठी मैं मक्कार र एनिमलबाट रणवीर कपुरमाथि १९० करोड भारुको दाउ छ । गणपत र बडे मिया र छोटे मियाबाट टाइगर श्रफमाथि ५५० करोड भारु दाउमा छ । ड्रिम गर्ल २ बाट आयुष्मान खुरानामाथि २८ करोड भारु लगानी छ । बबालबाट वरुण धवनमाथि २५ करोड दाउमा छ ।

नयाँवर्षमा रिलिज हुँदैछन् साउथका यी ठूला फिल्म

१. सालार

२. पुष्पा : द रुल

३. जेलर

४. प्रोजेक्ट के

५. पोन्नियन सेल्भन २

६. वारिसु

७. इण्डियन २

भारतीय फिल्म उद्योगलाई समग्रमा सन् २०२२ मा फाइदा पुगेपनि बलिउड भने घाटामा रह्यो । उक्त वर्ष कुल बजेट सात हजार ५८ करोड भारु रहे पनि कमाइ ८ हजार ६०७ करोड भारु रह्यो ।

बलिउडका कुल ३८ फिल्मको बजेट ३ हजार ५७२ थियो । यी फिल्मको कुल कमाइ १ हजार ५३२ करोड भारु मात्र रह्यो ।

सन् २०२२ मा भारतमा सबैभन्दा बढी कमाउने चाहिं कन्नड फिल्म केजीएफ च्याप्टर २ बन्यो जसले भारतीय बक्स अफिसमा एक हजार करोड कमायो । आरआरआरले ९९४ करोड, कान्ताराले ३६१ करोड, पोन्नियन सेल्भिनले ३२६ करोड, विक्रमले ३०६ करोड, ब्रह्मास्त्रले ३०६ करोड, द कश्मीर फाइल्सले २९७ करोड, दृश्यम २ ले २६३ करोड, भूलभुलैया २ ले २२१ करोड, सरकारु वारी पाटाले १७५ करोड कमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?