+
+

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति, संयोजक ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते ११:४८

१४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार हरेक दलका एक/एक जना रहने यो संयन्त्रको बैठक भोलि नै बस्न सक्छ ।

ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति पनि भएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएको बैठकमा मन्त्रालय भागवण्डाबारे पनि छलफल भएको थियो । ‘मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधार विस्तार गर्ने भन्ने छलफल भयो,’ लामिछानेले भने, ‘न्यूनमत साझा कार्यक्रमले धेरै कुरा तय गर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?