+
+

धरानमा एकल महिलाको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा पठाउने आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १४:२९

१४ पुस, धरान । समूहमा आएका महिलाहरुको कुटपिटपछि घाइते भई मृत्यु भएकी धरान १३ की एकल महिला उषा राईको हत्या मुद्दामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आरोपित एक जना भने धरौटीमा छुटेका छन् ।

न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश गरेको हो । अदालतले आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।

अदालतको आदेशअनुसार ३ जनालाई कोभिड परीक्षणपछि झुम्का कारागारमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

घटनाका फरार रहेको भनिएका आरोपित निरकुमारी गुरुङ, सिर्जना राई र मिना राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पीडितले दिएको जाहेरीमा उल्लेख भएकी मिना राईलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।

मुख्य आरोपी उर्मिलाले आफ्नो श्रीमानसँग नजिकिएको आशंकामा आफन्त र छरछिमेकी महिलाहरुसहित पुगेर कात्तिक ३ गते उषा राईलाई कुटेकी थिइन् । कुटपिटबाट घाइते भएकी उषाको उपचारकै क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

कुटपिटबाटै उषाको मृत्यु भएको भन्दै मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?