+
+

स्वास्थ्य मन्त्रालयले सोध्यो बीपी प्रतिष्ठानका पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १६:०७

१४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले काठमाडौको महाराजगञ्जस्थित बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देककलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा सञ्चालित विकास कार्यक्रम र आयोजनाहरुको समीक्षा बैठकमा प्रतिष्ठानका पदाधिकारी उपस्थित नभएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल निर्देशकसँग स्पष्टीकरण माग गरेको हो ।

गत मंगलबार सञ्चालन भएको मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा उपस्थित नभएपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

‘उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो ? सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउन मन्त्रालयको सचिव स्तरको निर्णयअनुसार जानकारी गराइन्छ ,’ मन्त्रालयको पत्रमा भनिएको छ ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?