+
+

नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यास सम्पन्न

दिपेश शाही दिपेश शाही
२०७९ पुष १४ गते १७:५३

१४ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सम्पन्न भएको छ । दुई देशको सेनाबीच गत १ पुसदेखि सुरू भएको सूर्यकिरण सैन्य अभ्यास दुई सातासम्म सञ्चालन भएर बिहीबार सम्पन्न भएको हो ।

नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाको तर्फबाट गोरखा रेजिमेन्टका कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी रहेको उक्त सैन्य अभ्यासको बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेका हुन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार समापन समारोहलाई सम्बोधन गर्दै रथी राणाले चुनौतीहरू पभावकारी ढंगले समाधान गर्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । ‘अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागीलाई बधाई दिँनुहुँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीहरूलाई पनि प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो,’ निर्देशनालयले भनेको छ ।

नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वार्टरअन्तर्गत रुपन्देहीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सम्पन्न भएको सूर्यकिरण सैन्य अभ्यासको १६औं संस्करणमा विपद् व्यवस्थापन तथा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरू समावेश गरिएका थिए ।

यो अभ्यासले दुई देशको मैत्रीपूर्ण पारस्परिक सम्बन्ध थप प्रगाढ हुने र दुवै देशको सेना आधारभूत सैनिक सिपको विकास हुनुका साथै आपसी समझदारी अभिवृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपालले २०६७ सालदेखि भारतसँग संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ गर्दै आएको छ । यो अभ्यासलाई दुई देशले पालैपालो यो अभ्यासको आयोजना गर्ने गरेका छन् । तर कोरोना महामारीका कारण दुई वर्ष रोकिएको थियो ।

महामारी नियन्त्रण हुन थालेपछि गएको वर्षदेखि उक्त संयुक्त सैन्य अभ्यास पुनः सुरु भएको हो । अघिल्लो वर्ष सम्पन्न १५ औं ‘सूर्यकिरण’ सैन्य अभ्यास भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?