+
+

तस्वीरमा पेलेका जीवनका महत्वपूर्ण क्षणहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १४:१५

१५ पुस, काठमाडौं ।  पूरै विश्व पेलेका लागि शोकमा छ । ब्राजिलमा राजाको मान्यता पाएका महान फुटबल पेलेले ८२ वर्षको उमेरमा मृत्युवरण गरे । उनी एक महिनादेखि अस्पतालमा उपचाररत थिए ।

छोरी केली नासिमेन्तोले सामाजिक सन्जालमार्फत उनले निधनको पुष्टि गरेकी हुन् । ‘हामी जे छौं त्यसका लागि तपाईं धन्यबादको पात्र हुनुहुन्छ । हामी तपाईंलाई अनन्तकालसम्म माया गछौं । रेस्ट इन पिस ।’

तीन मिलियन फलोअर रहेको पेलेको आधिकारिक ट्वीटर एकाउण्टमा पनि एउटा सन्देश जारी भयो । ‘प्रेरणा र मायाले राजा पेलेको यात्रा चित्रित गर्छ । जसको आज शान्तिपूर्वक निधन भएको छ । माया माया र सधैका लागि माया ।’

पेले तीनवटा विश्वकपको उपाधि जित्ने एकमात्र फुटबलरका रुपमा संसारभरबाट सम्मानित छन् । पहिलोपल्ट १७ वर्षको उमेरमा १९५८ मा विश्वकप जितेका उनले चार वर्षपछि चिलीमा दोस्रोपल्ट उपाधि उचाले । त्यसपछि सन् १९७० मा मेक्सिकोमा प्रतिष्ठित तेस्रो जित निकाले ।

आफ्नो सम्पूर्ण करिअरमा १३६६ खेलमा १२८२ गोल गरे । जहाँ देशका लागि ९२ खेलमा गरेको ७७ गोल पनि समावेश छ ।

तस्वीरहरु : डेली मेलबाट

ब्राजिलका महान फुटबल खेलाडी पेले विश्वकप ट्रफीसँग ।
श्रीमती मार्किया आकोइसँग पेले (दायाँ) र अस्पतालमा बस्दा सुनिएको शरीरमा पेले (बायाँ)।
पेलेकी छोरी केली नासिमेन्तोले इन्स्टाग्राममा राखेको तस्वीर । जहाँ उनले लेखेकी छिन्, ‘हामी जे छौं त्यसका लागि तपाईं धन्यबादको पात्र हुनुहुन्छ । हामी तपाईंलाई अनन्तकालसम्म माया गछौं । रेस्ट इन पिस ।’
मृत्यु हुनु केही दिन अगाडि अस्पताल बसाइमा छोरीले पेलेसँग खिचेका भावनात्मक फोटो ।
अस्पताल बसाइमा किमो थेरापी लिइरहँदा फेब्रुअरी १३ मा पेलेले इन्स्टाग्राममा राखेको तस्वीर।
ब्राजिललाई विश्वकप जिताउँदा फुटबल ग्राउण्डमा पेलेलाई काँधमा उचालेर खुसीयाली मनाउँदै उनका साथीहरु ।
विश्वकपमा गोल गरेपछि उत्साही पेले (दायाँ) र ब्राजिलको सान्तोसमा १५ वर्षको उमेरमा बलका साथ पेले।
सन् १९५८ मा स्टकहोममा भएको विश्वकपको फाइनलमा ब्राजिलले स्वीडेनलाई ५-२ ले हराएपछि गोलकिपर गिलमार डोस सान्तोस नेभ्सको काँधमा टाँसिएर रुदै पेले ।दुई गोल गरेका पेले त्यतिबेला १७ वर्षका थिए ।
पछिल्लो दिन रोगबाट पीडित पेलेको हिपमा समस्या भएपछि उनी ह्विल चेयरमा बसेर सार्वजनिक जाने गर्दथे ।
तेस्री श्रमीती मार्किया आओकीसँग पेले । उनले सन् २०१६मा आओकीसँग विवाह गरेका थिए ।
सन् १९५८मा विश्वकप जित्दाका क्षण (दायाँ) र सन् १९७० मा विश्वकप जित्दा ट्रफी उचाल्दै पेले (बायाँ)। उनले तीन पटक विश्वकप दिलाएका थिए ।
सन् १९५८ मा गुटेबर्गमा भएको विश्वकपको क्वार्टरफाइनलमा वेल्सका दुई डिफेन्डरलाई छकाएर बल लाँदै पेले ।
पेले जुल्स रिमेट वर्ल्ड कप ट्रफीको पर्यायवाची बने र ‘द सुन्दर खेल’ भन्ने वाक्यांशको रचना गरे।
फुटबलबाट रिटायर्ड भएपछि पेले संयुक्त राष्ट्र संघका लागि राजदूत बने। सन् १९९९ मा महासचिव कोफी अन्नानसँग पेले ।
फ्रान्समा भएको युरो २०१६मा डिएगो म्यारोडोनासँग ब्राजिलका महान फुटबलर पेले ।
पेले (दायाँ) र गारिन्चा (बायाँ) । उनीहरु आफ्नो समयमा ब्राजिलका उत्कृष्ट खेलाडी को भन्‍ने विषयमा विवादमा रहिरहे ।
सन् 2000 मा लन्डनस्थित बेलायतको वेम्बली राष्ट्रिय रंगशालामा पुर्व प्रतिस्पर्धी एक गोर्डन बैंकसँगको भेटमा पेले ।
सन् १९६६ मा फुटबलको दुनियाँमा निक्कै उचाइमा पुगेको बेला मर्सिटिजसँग फोटो खिचाउँदै पेले ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?