+
+

एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १५:१२

१५ पुस, बुटवल । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालका सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन् ।

तमु ल्होसार कार्यक्रममा सहभागी हुन रुपन्देही आएका गुरुङले शुक्रबार भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउंमा उभिनुको विकल्प नभएको बताए ।

वामपन्थी दलहरु एकतावद्ध नभए गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि गुम्दै जाने गुरुङको दावी छ ।

‘सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्छ’-गुरुङले भने–‘सबै कम्युनिष्ट घटकहरू मिलेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ।’

उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा समेट्ने प्रक्रियामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?