+
+

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव असार ७ देखि

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते ११:३९

काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण आगामी असार ७ देखि १० गतेसम्म हुने भएको छ ।

गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले अमेरिकाको मेरिल्याण्डमा फेस्टिभल गर्दैछ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैटौं महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको छ ।

महोत्सवमा कथानक, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनसहित सबै विधाका फिल्म देखाइने जारी विज्ञप्तिमा उल्लेख छ । नेपालबाहेक अमेरिका, दक्षिण एसियासहित मुलुकका स्वतन्त्र फिल्मलाई महोत्सवको प्राथमिकतामा राखिने जनाइएको छ ।

वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत फिल्म प्रदर्शन हुनेछन् ।  स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हँुदै आएका फिल्म यो वर्ष पनि समावेश हुने जनाइएको छ ।

‘कोरोना महामारीपछि गत वर्ष अनलाइन र भौतिक रुपमा आयोजना भएको महोत्सव यो वर्ष पूर्ण भौतिक रुपमा आयोजना गर्न लागिएको हो ।  ‘महोत्सवले दर्शकमा मनोरञ्जन र ज्ञान आदानप्रदानको फरक अनुभूति गराउने छ,’ निर्देशक युवाकर राजकर्णिकारले भने ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट फिल्मलाई प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछन् ।

फिल्म प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने समेत आयोजकले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?