+
+

साउथको सहारा लिंदै आमिर, ‘केजीएफ’ निर्देशकको फिल्म खेल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १३:१२

काठमाडौं । बलिउड अभिनेता आमिर खानले केही महिनाअघि अभिनयबाट विश्राम लिएको र परिवारसँग समय बिताउने बताएका थिए । साथै फिल्म निर्माणमा मात्र ध्यान दिने उनको प्रतिबद्धता थियो । तर ‘केजीएफ’ निर्देशक प्रशान्त नील यस्तो लागि मुडमा छैनन् जस्तो देखिन्छ । उनले आमिर खान र जुनियर एनटीआरसँग फिल्म बनाउने योजना बनाएको खबर आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रशान्त नीलको निकट स्रोतले जनाएअनुसार उनी आमिर र एनटीआरसँग फिल्म निर्माणको तयारीमा छन् । प्रशान्त नील अहिले प्रभास अभिनित ‘सालार’ मा व्यस्त छन् ।

यो फिल्म सकेर उनले आफ्नो नयाँ प्रोजेक्ट सुरु गर्नेछन् । प्रशान्तले हालै जुनियर एनटीआरसँगको फिल्मको घोषणा गरेका छन् । अब उनी यसमा आमिरलाई साइन गर्ने योजनामा छन् । विवरणअनुसार यो फिल्मको छायांकन २०२३ मा सुरु हुन सक्छ । एनटीआरसँगको फिल्मको बारेमा प्रशान्त नीलले एक अन्तर्वार्तामा भनेका थिए कि यो फिल्मको आइडिया उनको दिमागमा २० वर्ष पहिले आएको थियो ।

तर बजेट अभावका कारण उनले आफ्नो सोच परिवर्तन गरे । जुनियर एनटीआरले मे २०२२ मा उनको जन्मदिनमा प्रशान्त नीलसँग आफ्नो फिल्म घोषणा गरे । फिल्मको नाम अहिले ‘एनटीआर ३१’ राखिएको छ । घोषणासँगै जुनियर एनटीआरले फिल्मबाट आफ्नो पहिलो लुक पनि सार्वजनिक गरेका छन् ।

स्रोतका अनुसार यो फिल्म भारतभर रिलिज हुनेछ । तर यसबारेमा आमिरको तर्फबाट भने कुनै बयान आएको छैन । आमिरले यो फिल्ममा खलनायकको भूमिकामा अभिनय गर्ने बताइएको छ । तर यसको आधिकारिक पुष्टि भने भएको छैन । आमिरले सन् २०२२ को नोभेम्बरमा अभिनयबाट ब्रेक लिएको घोषणा गर्दै डेढ वर्षसम्म अभिनय नगर्ने र परिवारसँग समय बिताउने बताएका थिए । यसै वर्ष रिलिज भएको ‘लाल सिंह चड्ढा’ मा आमिर देखिएका थिए ।

यो फिल्ममार्फत आमिर खान चार वर्षपछि अभिनयको दुनियाँमा फर्किएका थिए तर फिल्म नराम्रोसँग फ्लप भयो, औसत कमाइ पनि गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?