+
+

काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १३:४०

१७ पुस, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट भएको छ ।

तालिबान गृह मन्त्रालयका प्रवक्ताले विष्फोटमा परी केही व्यक्तिको मृत्यु भएको बताएका छन् ।

प्रवक्ता अब्दुल नफी तकोरले बीबीसीसँग भनेका छन्, ‘हाम्रा केही सहयोगीहरु मारिएका छन् र घाइते पनि छन् ।’

तर हताहतीको विवरण आउन बाँकी छ । समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीलाई अद्धृत गर्दै सैन्य हवाई हड्डाको गेटमा विष्फोट भएको र केही व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।

सन् २०२१ मा तालिबान पुनः अफगानिस्तानको सत्तामा पुगेको थियो । त्यतिबेला तालिबान नेताहरुले सुरक्षा अवस्था सुधार्ने बचन दिएका थिए । तर अफगानिस्तानमा बिष्फोटका ठूला घटना भइरहेका छन् । धेरैजसो घटनाको जिम्मा स्लामिक स्टेटले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?