+
+

त्रिविले यसवर्ष पनि दिन सकेन एक वर्षे बीएडको विकल्प

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १४:०५

१७ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायले यो शैक्षिक सत्रमा पनि ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने भएको छ ।

त्रिविले एक वर्षे बीएड कार्यक्रम बन्द गरेर तीन सेमेस्टरको ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ सुरु गर्ने गरी पाठ्यक्रम निर्माण गरिरहेको छ ।

शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले सेमेस्टर प्रणालीको पाठ्यक्रम निर्माण नसकिएका कारण यो शैक्षिक सत्रमा भर्ना खोल्ने सम्भावना कम रहेको बताए ।

उनले भने, ‘पाठ्यक्रम निर्माण कार्य द्रुत गतिमा हुन सकेको छैन । चैतमा भर्ना खोल्ने गरी काम सक्ने हाम्रो प्रयास हो तर सम्भावना कम छ ।’ पाठ्यक्रम निर्माण गर्ने विषय समिति अरु काममा लाग्नुपर्ने भएकाले ढिलाइ भएको डिन प्रा. डा. बुढाथोकीले बताए ।

त्रिविले २०७७ को चैतमा एक वर्षे बीएड कार्यक्रम बन्द गरेर सेमेष्टर प्रणालीमा ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन एजुकेसन’ सञ्चालन गर्ने सूचना निकालेको थियो । तर एक वर्षे बीएड बन्द गरेको दुई वर्ष भइसक्दा पनि सेमेस्टर प्रणालीको पाठ्यक्रम बनाउन नसक्दा विद्यार्थीहरु समस्यामा परेका हुन् ।

शिक्षाबाहेक अन्य संकायबाट स्नातक उत्तीर्ण गरेर शिक्षण पेशामा लाग्न चाहने विद्यार्थीहरूले एक वर्षे बीएड उतीर्ण गर्नुपर्ने सरकारी नियम छ । त्रिविले भएको एक वर्षे बीएड कार्यक्रम बन्द गरेर अर्को विकल्प नदिँदा विद्यार्थीहरु समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?