+
+

मधेश प्रदेशसभाका सभामुखको निर्वाचन २ माघमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते २०:५५

१८ पुस, काठमाडौं । मधेश प्रदेशका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार आह्वान गरेको प्रदेशसभाको पहिलो अधिवेशन बैठकबाट माघ २ गते सभामुखको निर्वाचन गर्ने मिति तय भएको हो ।

ज्येष्ठ सदस्यको हैसियतले सभाको अध्यक्षता गरेका गोविन्द न्यौपानले माघ २ गते तोकेको जानकारी गराए । प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम ७ बमोजिम सभामुखको निर्वाचन हुने छ । जसको लागि पुस २९ गते निर्वाचन कार्यक्रम सम्बन्धि सूचना पुस २९ गते जारी गर्न प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलाई निर्देशन दिइएको छ ।

यस्तै बैठकको सुरुमा प्रदेश प्रमुख मिश्रले पठाएको अधिवेश सुरु सम्बन्धी पत्र अध्यक्ष न्यौपानेले सुनाएका थिए । बैठक सञ्चालन गर्न प्रदेशसभाको कार्यसञ्चालन नियमावली २०७५ नयाँ नबन्दासम्मको लागि अनुमोदन गरेको छ ।

बैठकमा विभिन दल तथा स्वतन्त्र सांसदहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?