+
+

‘टुट्नु थियो टुट्यो मुटु’को नयाँ भर्सनप्रति सुदीप गिरीको आपत्ति, भने- कानुनी उपचार खोज्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १२:१५
गायक सुदीप गिरी । फाइल तस्वीर

काठमाडौं । दुई दशकअघिको हिट गीत ‘टुट्नु थियो टुट्यो मुटु’लाई पुनः रेकर्ड गरेर रिलिज गरिएपछि यसका मौलिक संगीतकार तथा गायक सुदीप गिरीले आपत्ति जनाएका छन् ।

उनले यो गीतको प्रतिलिपि अधिकार कसैलाई पनि बिक्री नगरेको प्रष्टीकरण दिएका छन् । २०६० सालमा उक्त गीत रिबेल क्रिएसन म्युजिक कम्पनीबाट सार्वजनिक गरिए पनि कपिराइट बिक्री नगरेको उनले जनाएका छन् ।

सुदीप लेख्छन्, ‘सबैले मन पराउनुभएको ‘‘टुट्नु थियो टुट्यो मुटु’’ बोलको गीत आज मलाई थाहै नदिई यो कम्पनीले पुनः रेकर्ड गरेर भिडियो समेत सार्वजनिक गरेकोमा मेरो घोर आपत्ति छ ।’

‘मेरो बौद्धिक सम्पत्तिको मालिक म स्वयं भएको र आजसम्म मेरो बौद्धिक सम्पत्तिको कपिराइट कुनै पनि कम्पनीलाई नबेचेको कुरा सार्र्वजनिक गर्दछु,’ उनी अगाडि लेख्छन्, ‘रिबेल क्रिएसनका मालिक गगन प्रधान र गायक इन्द्र मानन्धरको मिलेमतोमा मेरो मूल गीतको चोरी गरी आफ्नै ढंगबाट पुनः रेकर्ड गर्दै सार्वजनिक गरेर पैसा कमाउने र सस्तो लोकप्रियता पाउन खोज्ने घटिया र निच प्रयासको मनदेखि नै घोर भर्त्सना गर्दछु र नेपालको कानुनअनुसार यसको समाधान पनि खोज्ने छु ।’

गिरीको उक्त पोस्टमा कमेन्ट गर्दै अन्य संगीतकर्मीले पनि यो चर्चित गीतको पुनः सार्वजनिकीकरणप्रति आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?