+
+

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते ११:१०

१९ पुस, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख एक हजार २ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?