+
+

शेखर–गगन पक्षको बैठक बिहीबारका लागि बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १४:३३

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफ्नो समूहको बैठक बोलाएको छ ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बैठक बोलाइएको हो ।

बैठकमा उक्त समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचित/पराजित, भ्रातृ संस्थाका नेताहरु सहभागी हुने छन् ।

चुनावी समीक्षाका लागि बैठक बोलाइएको उक्त समूहका नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए । ‘निर्वाचन सकिएपछि हाम्रो पक्षको वृहत् बैठक डाकेर समीक्षा बस्न सकेको थिएन । निर्वाचनको समीक्षा बैठक बस्न लागेको हो,’ शाहीले अनलाइनखबरसँग भने ।

२२ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा आफ्नो पक्षले उठाउने विषयमा पनि बैठकमा छलफल हुने छ ।

उक्त समूहको १३ पुसमा बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षमा थप छलफल गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?