+
+
Shares

महाराजगञ्जमा आईएमई इलेक्ट्रिकको नयाँ डिलर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १८:५९

काठमाडौं । आईएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ ।

नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ रआईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उक्त डिलरको उद्‍घाटन संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बढ्दै गएको विद्युतीय गाडीको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रबर्द्धन गर्न मद्धत गर्ने बताए ।

विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुने उनले बताए ।

कार्यक्रममा ढकालले आईएमई इलेक्ट्रिकले ई मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको बताए । राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको बताउँदै उनले नेपालमा यसको लोकप्रिय बढ्दै गएको बताए । उनले भने, ‘हामीले उत्पादन बिक्री मात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं।”

गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले आईएमई इलेक्ट्रिकसँग व्यापार साझेदारको रूपमा जोडिन पाउँदा निकै खुसी लागेको बताए ।  ग्राहकहरुलाई पर्यावरणमैत्री विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उपलब्ध गराउन पाउँदा खुसी लागेको भन्दै उनले राफ्ट इलेक्ट्रिक स्कुटर प्रयोग गरेपछि सबै ग्राहक खुसी हुने दावी गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?