+
+

के हो प्रभु बैंकले प्रयोगमा ल्याएको ‘डिजी प्रभु’ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १५:३०

काठमाडौं । प्रभु बैंकले आफ्ना ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लागि भन्दै मोबाइल बैंकिङ एपको नयाँ संस्करण ल्याएको छ । बैंकले साविकमा सञ्चालन गरिरहेको ‘प्रभु मोबाइल बैंकिङ’ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती गरी थप बैंकिङ सुविधा सहित ‘डिजी प्रभु’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको हो ।

बैंकले १६ पुसदेखि सञ्चालनमा ल्याएको ‘डिजी प्रभु’मार्फत् प्रभु बैंकका ग्राहकहरूले आफू चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाइल, ट्याबलेट, ल्यापटपको माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ सेवाहरु उपभोग गर्न सकिनेछ । उपलब्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका साविकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङ एपलाई अद्यावधिक/अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले ‘एपपल स्टोर’ वा ‘गुगल प्ले स्टोर’ बाट एपलाई डाउनलोड गरी प्रयोग गर्न

नवीनतम् प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल बैंकिङ एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com को माध्यमबाट समेत मोबाइल बैकिंङकै युजरनेम र पासर्वड प्रयोग मोबाइल बैंकिङ एपमा उपलब्ध सेवा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले परिस्कृत गर्दै ल्याएको ‘डिजी प्रभु’ मार्फत् बैंकिङ क्षेत्रमा प्रयोगमा आएका नयाँ नयाँ फिचरको प्रयोग गर्न सकिने बैंकको एडीसी विभाग प्रमुख ऋषिराम न्यौपाने बताउँछन् । ‘डिजी प्रभु’ मार्फत ग्राहकले मोबाइल बैंकिङको पासवर्ड र पिन बिर्सिएमा आफैंले रिसेट गर्न सकिने उनले बताए ।

‘बैंकले हालै सञ्चालनमा ल्याएको ‘डिजी प्रभु’ मा रहेको ‘कार्डलेस’ सुविधा प्रयोग गरी ‘एटीएम’ को माध्यमबाट नगद झिक्न सकिन्छ,’ उनले भने, ‘यस्तै ‘इ–क्यास’कोे माध्यमबाट प्रभु बंैकमा खाता नभएका ग्राहकहरुले समेत मोबाइलमा प्राप्त कोडको आधारमा रकम झिक्न सकिनेछन्।’

‘डिजी’ प्रभुमा बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने, बैंकका कर्मचारीहरुसँग भेटने समय सुनिश्चित गर्न सकिने, इ–भौचरको माध्यमबाट बैंकको शाखामा गएर नगद निक्षेप जम्मा गर्न सकिने जस्ता सुविधा रहेको बैंकले जनाएको छ ।

यस्तै डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दती खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ मार्फत ‘क्यूआर’ कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि उपलब्ध रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?