+
+

कोशी अस्पतालको अवैध संरचनामा महानगरको डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १८:०८

२१ पुस, विराटनगर । कोशी अस्पताल विराटनगरको भाडामा लगाएको सटर विराटनगर महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको छ । नक्सा पास नगरी अस्पतालले बनाएको सटर अस्पतालले भाडामा लगाएको थियो । बिहीबार महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको हो ।

अस्पतालको सटरमा चलेका पसलले अस्पताल प्रशासनलाई पछिल्लो समय भाडा तिरेका थिएनन् । अस्पताल विकास समितिले गत भदौ १४ गते नै ती सटर खाली गराउने निर्णय गरेको थियो । अस्पताल प्रशासनले कात्तिक १५ गतेभित्र सटर खाली गर्न सूचना जारी गरेको थियो । तर पसल सञ्चालकहरुले पसल खाली गर्न मानेका थिएनन् ।

नक्सापास नगरी बनेका पुरानो संरचना अस्पताल विकास समितिको आग्रह विराटनगर महानगरपालिकाले बिहीबार डोजर प्रयोग गरेर भत्काएको हो । अस्पताल अगाडि रहेका सटरमा पसल सञ्चालन हुँदा अस्पताल अगाडि ट्राफिक जाम पनि बढेको थियो । सटर खाली भएपछि विरामीलाई आवतजावत गर्न सहज हुने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

नक्सा पास गर्नका लागि आग्रह गर्दा अटेर गरेपछि संरचनामा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ । कोशी अस्पतालले महानगरलाई सटरको बहाल करपनि तिरेको थिएन् । महानगरले दुई पटक बहाल कर तिर्न अस्पताललाई आग्रह गरेपनि अस्पतालले तिरेको थिएन् ।

महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका रुखको हाँगा पनि काटेको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले व्यवस्थित र सफा सहर बनाउने अभियान सुरु भएको बताए । महानगरका प्रवक्ता सन्तोष न्यौपानेले नियमविपरीतका संरचनाको नक्सा पासका महानगरपालिकाले सूचना जारी गरिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?