+
+

जेट लीले यसकारण छोरीलाई काठमाडौं घुमाउन ल्याए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १४:३३

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली गत सातासम्म नेपाल भ्रमणमा थिए । एक साताभन्दा बढी समय काठमाडौंमा रहेका उनले बौद्धको एक गुम्बामा योङ्गे मिङ्गयुर रिम्पोछेसँग बौद्ध दर्शनबारे कक्षा लिए । केही दिनअघि उनी सिंगापुर फर्किएका छन् ।

नेपालबाट फर्कंदै अभिनेता लीले काठमाडौं आउनुको कारण खुलाएका छन् । क्रिसमस र अंग्रेजी नयाँवर्ष मनाउन छोरीसहित काठमाडौं आएका लीले बौद्ध स्तुपादेखि काठमाडौं वरपरका केही क्षेत्रका घुमघाम गरेका थिए । अभिनेता लीले नुपा रिम्पोछेलाई भेट्न छोरीलाई लिएर आफू नेपाल घुम्न आइपुगेको उल्लेख गरेका छन् । ती बौद्ध धर्मगुरुलाई भेट्दा आफूलाई न्यानोपन महसुस हुने बताएका छन् ।

ली लेख्छन्, ‘मैले नुपा रिन्पोछेलाई अन्तिम पटक ११ वर्षअघि सिंगापुरस्थित मेरो घरमा देखेको थिएँ । समय चाँडै बित्यो र उहाँ अहिले ८१ वर्षको हुनुहुन्छ । भर्खरै मैले मेरी छोरीलाई भेट्न नेपाल ल्याएँ । उहाँसँग सधैं यस्तो उज्ज्वल मुस्कान छ जसले मलाई सूर्यको सम्झना दिलाउँछ । उहाँको उपस्थितिको न्यानोपन मसँग लामो समयसम्म रह्यो ।’

ली चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो । उनले ‘द वन’ (२००१) र ‘वार’ (२००७) मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ (२००८) मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सहअभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?