+
+

साझाको विद्युतीय बस चढेर पाटनढोका पुगिन् राष्ट्रपति भण्डारी

रासस रासस
२०७९ पुष २३ गते १६:४६

२३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छन् ।  राष्ट्रपति भण्डारीले शनिबार दिउँसो शीतल निवासदेखि विद्युतीय बसमा पाटनढोकासम्म यात्रा गरेकी हुन् ।

हाकुपटासी लगाएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरे । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानकाे अवलाेकनका लागि शनिबार साझा यातायातको विद्युतीय बस चढेर प्रस्थान गर्नुहुँदै । तस्बिरः नवीन पाैडेल÷राससपुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन् । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्केकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ललितपुरमा स्वागत गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन। तस्वीर : नवीन पाैडेल,रासस
राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार ललिलपुरस्थित पाटनढोकामा मदन पुस्तकालयकाे अवलाेकन गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार ललितपुरस्थित पाटनढोकामा मदन पुस्तकालयकाे अवलाेकनपछि आयाेजित कार्यक्रममा । तस्वीरहरु : नवीन पौडेल/रासस
लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?