+
+

डेसच्याम्प थप चार वर्ष फ्रान्सका मुख्य प्रशिक्षक रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते २०:५१

२३ पुस, काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प आफ्नो सम्झौता जुन २०२६ सम्म लम्ब्याउन सहमत भएका छन् । यससँगै उनको नेतृत्वमा फ्रान्सले चौथो पटक विश्वकप खेल्ने पक्का भएको छ ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका उनले यो पटक फाइनलमा पुर्‍याएका थिए । यद्यपि फ्रान्स उपाधि भिडन्तमा अर्जेन्टिनासँग पराजित भयो ।

५४ वर्षका डेसच्याम्प २०१२ मा फ्रान्सको प्रशिक्षक नियुक्त भएका थिए । २०१४ को विश्वकपमा फ्रान्स क्वार्टरफाइनलसम्म पुग्यो भने २०१६ को युरोकपमा फाइनल खेल्यो । उनको प्रशिक्षणमा ८९ खेल जितेको फ्रान्सले २८ वटा बराबरी खेलेको छ । २२ वटा खेल मात्र हारेको छ ।

फ्रान्स फुटबल संघका अनुसार डेसच्याम्पसँगै उनका सहायक र गोलकिपिङ प्रशिक्षक र फिजियो ट्रेनर पनि रहनेछन् ।

पछिल्लो पटक डेसच्याम्पले डिसेम्बर २०१९ मा सम्झौता गरेका थिए, जुन कतार विश्वकपको अन्त्यसम्म कायम थियो । नयाँ सम्झौता गर्न सहमत भएसँगै अब उनले २०२४ मा हुने युरोकपको छनोट खेलका लागि तयारी थाल्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?