+
+

बैंकले कर्जाको आकारभन्दा गुणस्तर हेर्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:१३
फाइल तस्वीर

२४ पुस, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले पूर्वअर्थमन्त्री तथा गभर्नर युवराज खतिवडालाई सम्मान गरेको छ । अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै परिसंघले खतिवडालाई सम्मान गरेको हो ।

सम्मानपछि डा. खतिवडाले आर्थिक र वित्तीय सुशासनमा आफ्नो क्षमताले भ्याएसम्म काम गरेको भन्दै वित्तीय प्रणालीले एक दशकमा ठूलो फड्को मारेको बताए । ‘बैंकमा राखेको निक्षेपमा डुब्दैन भन्ने विश्वास भएको छ,’ उनले भने, ‘पूँजीबजार र बैंकिङ क्षेत्रले सूचना प्रविधिको प्रयोगलाई अगाडि बढाउँदै लगेका छन् ।’

बैंकको कुल पूँजीकरणमा नेपाल विश्वमा अधिक पूँजीकरण हुने १४० देशमा २३औं स्थानमा पुगेको उनले बताए । ‘कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक भएको छ,’ उनले भने, ‘आकार बढाउँदा जोखिम आउनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?